काठमाडौँ । काठमाडौँ महानगरको सिंहदरवारभित्रको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।
उक्त मुद्दाको न्यायाधीश सुष्मा माथेमाको इजलासमा पेसी तोकिएको छ ।
महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको विपरीत भएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा मङ्गलवार प्रारम्भिक सुनुवाइको लागि पेसी तोकिएको भए पनि ’हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।