नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधवार बढुवा समितिको सिफारिस अनुसार बढुवा निर्णय गरेका हुन्  । २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरूलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला र चन्द्रकुवेर खापुङ छन् ।

यस्तै जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र बिकासराज खनाल पनि डीआईजीमा बढुवा भएका छन् ।

बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरू चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए । तर उनीहरूको उजुरीले सिफारिस बदर भएन ।

बढुवा सिफारिसविरुद्ध उजुरी परे पनि उजुरी सुन्ने लोक सेवा आयोगले एक दिनमै छिनोफानो गरेको हो । डीआईजीमा बढुवा भएसँगै उनीहरूले आज नै दर्ज्यानी चिन्ह लगाउनेछन्  ।


Published :७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media