“अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ”

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।

अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उनको भनाइ छ । उनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तत्कालिन समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राखे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान छिट्टै हुने दावी गरे ।


Published :८ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media