काठमाडौं । थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट ११४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
यो अवधिमा ५० जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।