बारा-२ मा उपेन्द्रलाई पछि पार्दै जनमतका कुशवाहलाई अग्रता

राष्ट्रपाटी न्युज

११ बैशाख २०८०

बारा । उपेन्द्र यादवलाई पछि पार्दै बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

यसअघिसम्मको मतगणनामा अघि रहेका यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत प्राप्त गरेका छन् भने यादवले ५७१ मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत पाउँदा आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।


Published :११ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media