अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको शालिकमा माल्यार्पण

राष्ट्रपाटी न्युज

१३ बैशाख २०८०

काठमाडौं । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गरेका छन्  ।

२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।

सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए ।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।


Published :१३ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media