बालाजुस्थित कोत: धुकु पेट्रोल पम्पमा काठमाडौं महानगरको सिल

राष्ट्रपाटी न्युज

१४ बैशाख २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित एक पेट्रोल पम्प सिल गरेको छ । कोत: धुकु पेट्रोल पम्प सिल गरिएको महानगरले जनाएको छ  ।

घरको सटरभित्र सञ्चालित उक्त पेट्रोल पम्प महानगरले सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । सो पेट्रोल पम्प लामो समयदेखि  घरको सटरमा संचालित थियो ।

महानगरले मापदण्डविपरित संचालित पेट्रोल पम्प,अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।

मंगलबार मात्रै महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कस्थित सडकपेटीको प्रहरी बिट हटाएको थियो ।


Published :१४ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media