एसीसी प्रिमियर कपः नेपाल समूह विजेता, कतार ६८ रनले पराजित

राष्ट्रपाटी न्युज

१४ बैशाख २०८०

काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कतारले २५.१ ओभरमा सबै विकेट गुमाउनुअघि ८९ रन मात्रै बनाउन सक्यो ।

नेपालको कसिलो बलिङसामू टिक्न नसकेको कतारका लागि खुराम सहजाद र जहिर इब्राहिमले १५–१५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग भेट निश्चित गरेको छ।

नेपालसँगै ओमान पनि अन्तिम चारमा पुगेको छ । अर्को समूहबाट यूएई सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । आज जारी कुवेत र हङकङबीचको खेलले अर्को टिमको टुङ्गो लगाउने छ ।


Published :१४ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media