थप १११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

राष्ट्रपाटी न्युज

१४ बैशाख २०८०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५१७ जनामा गरिएको परीक्षणमा थप १११ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ६० जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ३७८ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २९ पुगेको छ ।


Published :१४ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media