एसिसी प्रिमियर कपः वर्षाले नेपाल र कुवेतबीचको खेल अवरुद्ध

राष्ट्रपाटी न्युज

१६ बैशाख २०८०

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल-कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा बिष्फोटक ब्याटिङ गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।

खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।


Published :१६ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media