दुई लाख दिने निर्णयको विरोध नगर्न सांसदहरुलाई बहिर्गमित सेनाको चेतावनी

राष्ट्रपाटी न्युज

१६ बैशाख २०८०

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले दुई लाख रुपैयाँ आफूहरुलाई राहत स्वरुप दिने सरकारको निर्णयको बिरोध नगर्न संघीय संसद र त्यहाँका सांसदहरुलाई चेतावनी दिएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संगठनका महासचिव राजन थापाले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले आफूलाई सो रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको बिरोध नगर्न संघीय संसद र त्यहाँका सांसदहरुलाई सचेत गराएका हुन् ।

उनले त्यसको विरोध भईरहे आफूहरु प्रतिवादमा उत्रन बाध्य हुने समेत बताए । संगठनले आफूहरुलाई अयोग्य भनेर अपमानित नगर्न पनि भनेको छ ।

संगठनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफूहरुलाई २ लाख राहत स्वरुप दिने निर्णय गरेको उल्लेख गर्दै त्यसको विरोध गर्नुपर्ने कुनै कारण नरहेको दावी समेत गरेको छ ।


Published :१६ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media