रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालको राजीनामा

राष्ट्रपाटी न्युज

बैशाख १५, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्  ।

शनिबार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।

पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन: सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका छन्  ।

मंसिर ४ को आमनिर्वाचनपछि सभापति लामिछाने संसदीय दल नेता भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको सांसद पद गुमेपछि रास्वपाले अर्याललाई संसदीय दलको नयाँ नेता चयन गरेको थियो ।

सोमबार रास्वपाको संसदीय दलको बैठक बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ।

समाचार स्रोतका अनुसार अहिले उपनेता श्रेष्ठले नै उक्त जिम्मेवारी सम्हालेका छन् ।


Published :बैशाख १५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media