महावीर पुनको आन्दोलनलाई राप्रपाको पनि ऐक्यबद्धता

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८०

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । उनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरुले पनि साथ दिइरहेका छन् ।

आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतघर मण्डलामा पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । शनिबार पनि राप्रपाकै डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्र माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए ।


Published :१७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media