काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको छ ।
प्रधानन्यायाधीश नियुक्ति लगायतका मागहरू पुरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएपछि बारले आइतबारदेखि अर्को चरणको आन्दोलन सुरु गरेको हो ।
आफूहरूका मागका विषयमा प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराए पनि पुरा नभएका कारण पुन आन्दोलन सुरु गर्नुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । घिमिरेले न्यायपालिका नेतृत्वविहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै एक सातासम्म बार परिसरमा प्रदर्शन गर्ने जानकारी दिए । सांकेतिक रुपमा सुरु गरेको प्रदर्शन देशभरका न्यायलयमा हुने र प्रदर्शनका कारण सेवा प्रवाहलाई कुनै असर नपार्ने उनले बताए ।