किसान नेता अनसन बस्दा पनि सरकार चुप लागेर बसेको छः ओली

राष्ट्रपाटी न्युज

१८ बैशाख २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहँदा पनि सरकार सम्वेदनशील नभएको बताएका हुन् ।

अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्व सलबलाउन थालेको उनको भनाइ  छ ।

किसान नेता अनसन बस्दा पनि सरकार चुप लागेर बसेको उनले बताए । ओलीले भने,‘घटिया राजनीतिक स्वार्थ पूर्तिका लागि सबै कुराहरू भइरहेका छन् । मजदुरको हितमा सरकार चुप लागेर बस्नु गैरजिम्मेवारीपन हो ।’

ओलीले भने,‘भ्रमबाट देश बन्दैन । भावनाबाट देश बन्दैन । योजनावद्ध ढंगले देश अगाडि बढ्नुपर्छ । देशको अर्थतन्त्र गम्भीर छ । विकास निर्माण त कता हरायो कता हरायो ? सामाजिक कार्य कहाँ हराए कहाँ हराए ? हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्था छ ।’

 


Published :१८ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media