उपेन्द्रले लिए पद तथा गोपनीयताको सपथ

राष्ट्रपाटी न्युज

१९ बैशाख २०८०

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सिंहदरवारस्थित एक कार्यक्रमका बिच अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा-२ वाट यादव निर्वाचित भएका थिए ।

सो उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिइसकेका छन् ।


Published :१९ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media