रवि लामिछानेका चालक शम्भु थापाको निधन

राष्ट्रपाटी न्युज

१९ बैशाख २०८०

काठमाडौं । छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि वैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।


Published :१९ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media