सेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम ६९ करोड २२ लाख

राष्ट्रपाटी न्युज

१९ बैशाख २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकल अंकको गिरावट आएको छ । सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको छ ।

मंगलबार नेप्सेमा १४४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ ।

मंगलबार नेप्सेमा २१ हजार ६४९ वटा कारोबारमा २३ लाख ३६ हजार ६२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा मिडल तमोर हाइड्रो पावर लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

मंगलबार कारोबारमा आएका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, १० प्रतिशत सनराइज डिबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपुल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फन्ड लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।


Published :१९ बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media