एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

राष्ट्रपाटी न्युज

१९ बैशाख २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार‍ सांसद महतो फरार रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि सभामुख देवराज घिमिरेले सांसद महतोलाई निलम्बन गरेका हुन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए । थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको उनीमाथि अभियोग लागेको छ ।

प्रेमबहादुर बिकले दिएको जाहेरीमा महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशलाई उच्च अदालत जनकपुरले उल्टाएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


Published :१९ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media