ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्छुः नवनियुक्त कानुनमन्त्री गुरुङ

राष्ट्रपाटी न्युज

२१ बैशाख २०८०

काठमाडौं  । नवनियुक्त कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रीत गर्ने भन्दै ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्यका लागि प्रयास गर्ने बताए ।

उनले चुस्त र दुरुस्त ढंगबाट सबैलाई कानुन बराबर गर्ने विषय आफ्नो प्राथमिकता हुने जिकिर गरे । गुरुङले कानुनभन्दा माथि कोही पनि नहुने भन्दै कानुन बमोजिम सबै अघि बढ्नुपर्ने धारणा राखे । जुनसुकै ठाउँमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले स्पष्ट पारे ।

मन्त्री गुरूङले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष,स्वतन्त्र र चुस्त दुरुस्त बनाउन भूमिका खेल्ने बताए ।


Published :२१ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media