काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकारले विश्वासको मत पाउने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सामान्यतया विश्वासको मत लिनुपर्छ,’ माओवादी नेता महराले भने ‘त्यसकारण स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत रहेको छ । सरकार यथावत रहन्छ, विश्वासको मत कायमै रहन्छ ।’