काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवहरूले शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभा सचिव सुरेन्द्र अर्याललाई शपथ ग्रहण गरेका हुन् ।
पाण्डेयलाई सभामुख देवराज घिमिरेले र अर्याललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा आयोजित एक समारोहकाबीच शपथ गराएका हुन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा सचिव र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा सचिवमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।
यसअघि प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल सकिएको थियो ।