पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि सरकार पूर्ण प्रतिबद्ध छः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिकता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आईतवार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पारे । उनले सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभुति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताए । उनले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरुका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताए । उनले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि बताए ।

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताए ।


Published :बैशाख २३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media