काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १६.९३ अंकले गिरावट भएर १८३३.६९ अंकमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.४४ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.८९ प्रतिशत र जिवन बीमा उपसूचक १.३१ प्रतिशतले गिरावट भएको छ ।
यस्तै निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने केही सुधार भएको छ । आइतबार करिब ६१ करोडमा सीमित भएको कारोबार सोमबार बढेर ८२ करोडमा पुगेको छ । नेप्सेमा २५ हजार ५८८ वटा कारोबारमा २८ लाख १० हजार ६२७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ४२ लाखको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ८७ लाखको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको २ करोड २६ लाख र हिमालयन डिस्टलरीको २ करोड २० लाखको कारोबार भएको छ ।