माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताबारे कुराकानी

राष्ट्रपाटी न्युज

बैशाख २५, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी भएका थिए ।

नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार एकताका विषयमा भएको छलफल सकारात्मक रहेको छ ।


Published :बैशाख २५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media