पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति

राष्ट्रपाटी न्युज

२७ बैशाख २०८०

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताए ।

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।


Published :२७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media