प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ बिजयी, ढकाल पराजित

राष्ट्रपाटी न्युज

३१ बैशाख २०८०

काठमाडौँ- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक)को पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। ४६ वटा बिधालय सदस्य रहेको यस संगठनमा आगामी ३ वर्षको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न पहिलो पटक निर्वाचन प्रक्रिया अवलम्बन गरिएको थियो। हालसम्म सहमतीय प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने गरिएको भए पनि यो पटक भने अन्तिम समय सम्म सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अबलम्बन गर्नु परेको थियो। संगठनको अध्यक्ष र उपाध्यक्षमा अन्तिम समय सम्म सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अबलम्बन गरिएको हो ।

अध्यक्ष पदमा तत्कालिन महासचिव राजन श्रेष्ठ र उपमहासचिव भिष्म ढकालबीच प्रतिष्पर्धा भएको थियो। खसेको ४१ मत मध्य श्रेष्ठले २४ मत प्राप्त गरि विजयी भएका थिय भने पराजित ढकालले १६ मत मात्र पाउदा १ मत रद्व भएको प्रमुख निर्वाचन आयुक्त छन्द प्रसाद आचार्यले जानकारी दिएका छन्। त्यसैगरी उपाध्यक्षमा पुष्पराज सिम्खडाले २१ मत प्राप्त गरि बिजयी भएका थिए भने मिन कोइरालाले १९ मत प्राप्त गरि पराजित भएका थिए। अन्य पदमा भने सर्बसम्मत नेतृत्व चयन भएको उनको भनाइ छ।

उक्त अधिवेशनबाट मिरा सिलवाल महिला उपाध्यक्ष, सुदिप काफ्ले महासचिव, राजु पुडासैनी उपमहासचिव, लक्ष्मी गुरुङ सचिव, राजेश्वर तिवारी कोषाध्यक्ष र होम लक्ष्मी गुरुङ सह-कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् । त्यस्तै निराजन आचार्य, रूपक लामिछाने, सुस्मिता मैनाली, मुरारी चालिसे, सुरेन्द्र मगर, सन्तु खड्का र शिव कुमार तिमल्सिना कार्यसमिति सदस्यमा चयन भएका छन्।


Published :३१ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media