प्रतिनिधिसभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने तयारी थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यसविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न लागेको हो ।

मुख्यतः भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै संकल्प प्रस्ताव दर्ताको तयारी भइरहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

रास्वपामा २० सांसद् छन् । पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।


Published :१ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media