आरजु राणासम्बन्धी अडियो झुटो हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रिय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन् ।

सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले बताए ।

आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यस्को सत्यतथ्य अझै बाहिर आएको छैन्, यो आउनुपर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नुभएको छ ।’

मगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेका महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि बताए । ‘बालकृष्ण खाँणजीमाथि पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथि पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।

सो बिषयलाई लिएर पार्टीभित्र कुनै बिबाद नभएको पनि उनको भनाई छ । ‘महामन्त्रीहरुले पनि त्यसवारेमा कुनै फरक मत राख्नुभएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहनुभएको छ’ उनले भने ।


Published :२ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media