डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ घट्यो, अन्यको यथावत्

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८०

काठमाडौं । सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको हो ।

यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ । पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेशनले सोमबार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। जसमा पेट्रोलको ९.५२ रुपैयाँ घटाएको थियो । तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य यथावत राखेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले नेपाल र भारतको सीमानामा समान मूल्य कायम गर्ने मान्यताअनुसार सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय भएको बताए ।


Published :जेष्ठ २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media