राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिएको छैनः प्रवक्ता शर्मा

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८०

काठमाडौं । नेपाल सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब नदिएको बताएको छ ।

पछिल्लो संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएसँगै उक्त विषयलाई खण्डन गर्दै सरकारकी प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले सरकारले दबाब नदिएको बताइन् ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीको प्रश्नमा मन्त्री शर्माले सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय गलत भएको दाबी गरिन् । कानुनी परामर्श गर्ने राष्ट्रपतिको अधिकारको विषय भएको उनको भनाइ थियो ।


Published :जेष्ठ १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media