प्रतितोला ५ सय घट्यो सुनको भाउ

राष्ट्रपाटी न्युज

जेष्ठ ४, २०८०

काठमाडौं । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन (बिहीबार)  सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटे पनि चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :जेष्ठ ४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media