काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका हुन् । उनले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको बताए ।
उनले आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिए । अध्यक्ष यादवले नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्ने गरी नआएको पनि बताए । नीति तथा कार्यक्रले संघीयता विरोधी भाव बोकेको उनको भनाई छ ।
अध्यक्ष यादवले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरुले भरिपूर्ण भएको टिप्पणी गरे ।