काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा परेपछि आक्रोश व्यक्त गरेका छन्। उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग विषय भएको भन्दै मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरी नेपाली नागरिकता पुन: लिएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ । सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलीसकेको थिएँ । घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’
अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै लामिछानेविरुद्ध बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध रिट दायर गरेका हुन् ।