ओलीमाथि लगाएको आरोपविरुद्ध युवा संघको प्रदर्शन (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपबिरुद्ध प्रदर्शन गरेको छ ।

शनिवार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले बिरोध गरेको हो । प्रतिनिधि सभामा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

सोही विषयलाई लिएर युवा संघले बिरोध जुलुस गरेको हो । प्रतिनिधि सभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले बिरोध जनाएको थियो । प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दैछन् पोल लगायतका प्लेकार्ड बोकी बिरोध जनाएका थिए ।

यद्यपी प्रतिनिधि सभाको आजको बैठकमा सांसद दाहालद्वारा अभिव्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाइएको छ ।


Published :१३ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media