काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त सदनमा गत आर्थिक वर्षभन्दा ४२ अर्ब सानो सानो बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो ।
महतले गरेको कूल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ ।