महोत्तरीको एनएमबि शाखाबाट ३५ लाख लुटपाट

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०८०

महोत्तरी । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो ।

दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।


Published :१६ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media