राजस्थानमा ५ सयमा ग्याँस र एक सय युनिट बिजुली निःशुल्क उपलब्ध गराइने

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०८०

काठमाडौँ । राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले ठूलो निर्णय गरेको छ ।

मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन् । मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महशुल लाग्ने छैन् ।

उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली निःशुल्क पाउनेछन् भने २ सय युनिट बिजुली प्रयोग गर्नेलाई सरचार्ज मिनाहा हुनेछ ।

मुख्यमन्त्रीले मासिक १०० युनिटसम्म विद्युत खपत गर्नेको विद्युत महसुल शून्य हुने बताए । अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन । उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत महसुल तिर्न पर्ने छैन ।

यसअघि उनले ५०० भारतीय रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए । (एजेन्सी)


Published :१८ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media