खेलाडी पलायन रोक्न मन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०८०

काठमाडौं । खेलाडी पलायन रोक्न माग गर्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई ज्ञापनपत्र बुझाएको छ ।

खेलाडी पलायन कम गर्नका लागि सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगायतका १४ बुँदे माग राख्दै बिहीबार संघ ज्ञापनपत्र बुझाएको हो ।

खेलाडी पलायनबाट रोक्न खेललाई व्यावसायिक गर्दै लैजानुपर्ने, सबै विधाका खेल प्रतियोगिताका लागि बृहत् कभर्ड हल बनाउनुपर्ने लगायतका माग छन्।

यसैगरी संघले खेलकुदमा भ्रष्टाचार र पेस्की फछ्यौट, राष्ट्रिय संघहरूको बेरुजुलाई अविलम्ब व्यवस्थित गर्नुपर्ने माग राखिएको छ।

संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लिम्बुले खेल क्षेत्रको विकास र विस्तारका लागि सारेका मागहरूलाई सकारात्मक रूपमा लिएको बताए  ।


Published :१८ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media