काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र थ्री स्टार क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २३औं मिनेटमा मणीकुमार लामाले गोल गरेसँगै विभागीय टिमले अग्रता लिएको थियो। निर्धारित ९० मिनेटको खेल सकिन चार मिनेट बाँकी रहँदा थ्री स्टारका सुनील तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
जारी लिगमा यो थ्री स्टारको लगातार १३औं जितविहीन नतिजा हो। पछिल्ला १३ खेलमा थ्री स्टारले सात बराबरी र ६ हार बेहोरेको छ। बराबरीसँगै २४ खेलबाट २८ अंक जोडेको थ्री स्टार लिग तालिकाको ११औं स्थानमा छ। समान खेलबाट ३० अंक जोडेको आठौं स्थानमा उक्लिएको छ ।