युक्रेनमा रुसी हमलामा परी २० घाइते

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०८०

काठमाडौँ । युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ ।

एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ। युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ । रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन । यद्यपि रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरुदेखि नै अस्वीकार गर्दै आएको छ । (एजेन्सी)


Published :२१ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media