काठमाडौं । प्रतिपक्षी दलले राष्ट्रियसभामा पनि अवरोध गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रियसभामा अवरोध गरेका हुन् ।
संसद्लाई छलेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै एमाले राष्ट्रियसभामा अवरोध गरेको हो ।
राष्ट्रियसभामा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले नागरिकता विधेयक गैरकानुनी ढंगले अगाडि बढाइएको भन्दै आपत्ती जनाए । आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । अर्को बैठक भोलि सोमबार दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।
यसअघि प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले अवरोध गरेका थिए ।