काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताएका छन् ।
नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगायतका बिषयमा संसद अवरोध भएपछि अध्यक्ष ओलीले संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन । उनले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसदको अवरोध हट्ने स्पष्ट गरेका छन् ।
प्रतिपक्षी दलहरुले बिरोधका कारण संघीय संसदको दुवै सदनको बैठक अबरुद्ध भएको छ ।