काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा वर्तमान सरकार र प्रधानमन्त्रीमाथि सन्देह उत्पन्न भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रणणका क्रममा प्रधानमन्त्रीको व्यवहार र बोलेको कुराले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा सन्देह उत्पन्न भएको बताएका हुन् ।
कम्फरटेवल बन्न खोज्ने वर्तमान सरकारका प्रधानमन्त्रीले राष्ट्रका सीमा, नक्साका विषयमा अडानहिनता देखाउनु दु:खद कुरा भएको उनको भनाइ छ ।
उनले भारत जानु केहि घण्टाअघि मात्रै नागरिकता विधेयक प्रमाणीकरण हुनुले थप सन्देह उत्पन्न भएको बताए। उनले सरकारको काम विधेयकको मस्यौदा मात्रै तयार गर्ने भएको उल्लेख गरे ।
ओलीले नागरिकता विधेयकलाई संसदमा फेरि ल्याउनुपर्ने र वर्तमान सदनले छलफल गर्न पाउनुपर्ने जिकिर गरे। उनले लोकतान्त्रीक पद्धती र संसदको विशेषाधिकारलाई मन्त्रिपरिषदले मिच्न नपाउने उल्लेख गरे कुनै पनि विधेयकलाई सरकार नै नभइ सभामुखलाई मात्रै तोक लगाउने अधिकार रहेको ओलीले बताए ।