राष्ट्रियसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०८०

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक भोलिका लागि सरेको छ। मंगलबार बिहान ११  बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

महासचिव गौतमका अनुसार राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको  थियो ।


Published :२३ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media