सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्छः मन्त्री रिजाल

राष्ट्रपाटी न्युज

जेष्ठ २३, २०८०

जनकपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् ।

मंगलवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने बताए । उनले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उनले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताए ।

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गरे देश विकास गर्न समय नलाग्ने बताए । उनले पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा बिरोध भइरहेको भन्दै आपत्ति जनाए ।


Published :जेष्ठ २३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media