काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् ।
राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले एमालेले गरेको ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै एमाले पार्टीमा भएकाहरुले बोलाएमा आफू खुसीसाथ एमालेमा फर्कने घोषणा गरे ।
उमेरहद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने । आफूलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याएको आरोप उनले लगाए ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीलाई ७० वर्षे उमेर हदका विषयमा आफूले तीन पटक यस्तो प्रस्ताव गरको बताउँदै उनले भने, ‘मेरो प्रस्ताव उमेर हद हट्नै पर्छ भन्ने थियो। उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उनले भने, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’
‘पार्टी जोसँग उहाँले मलाई आइज भन्ने हो । मेरो सदस्यता अझै पनि त्यहीँ छ,अझै पनि त्यसको माया छ’, उनले भने, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।