बजेट पञ्चायतको जस्तै भयोः पृथ्वीसुब्बा गुरुङ

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमाले सांसद् पृथ्विसुब्बा गुरुङले बजेट एकात्मकबादी भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् गुरुङले सामाजिक क्षेत्रको दायित्व पूरा गर्नेतर्फ बजेट केन्द्रित नै नभएको बताएका हुन् ।

नारा र निबन्धमा राम्रो बजेट भए पनि सही मार्ग समात्न नसकेको बताए । गुरुङले भने, ‘बजेटमा शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना छैन, संघीयतालाई सबल बनाउने लक्ष्य नै छैन । पुजिंगत खर्च बढाउने कुरा बजेटमा उल्लेख गरिए पनि कुरा मात्रै भयो ।’

गुरुङले भने, ‘राज्यको शक्ति र स्रोतको अधिकार ७६१ वटा सरकारसँग छ भन्ने बजेटले भुलेको छ । यो बजेट एकात्मकबादी छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई बजेटले भुलेको छ । यो पञ्चायतको बजेट जस्तै भयो । बहुदलकालको पुनरावृत्ति भयो । यो प्रगतिशील बजेट भएन ।’


Published :२५ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media