काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेश नामाकरणपछि आफ्ना नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सत्ताधारीकै समूहबाट आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगाउँदै गृहमन्त्रीसँग जवाफ मागे ।
प्रदेशको नामसँग आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले कसैलाई नाम चित्त नबुझेको भए वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम परिवर्तन गरे आफूहरूलाई स्वीकार्य रहने बताए । तर, देशलाई अराजकता र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।