अन्य दलको घेराबन्दीबाट रास्वपा नडराउने रवि लामिछानेको दाबी 

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताए । उनले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनको ठहर छ ।

उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए । उनले वैवाहिक अंगीकृतका हकमा पनि यस नागरिकता विधेयकले बोलोस् भन्ने चाहे पनि बताए । आफ्नो पार्टीले नेपाली नागरिकले नागरिकता पाउनुहुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनले बताए ।

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रुपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे ।


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media